Logo

खेलकुद

नेपाल ‘ए’ लाई आयरल्याण्डले दियो २ सय ८५ रनको लक्ष्य



काठमाडौं । काठमाडौंमा जारी एक दिवसीय क्रिकेटमा आयरल्याण्ड उल्भ्सले नेपाल ‘ए’ लाई २ सय ८५ रनको लक्ष्य दिएको छ ।

त्रिवी क्रिकेट मैदानमा बिहान साढे ९ बजेबाट शुरु भएको खेलमा उल्भ्सले निर्धारित ५० ओभर खेल्दै ९ विकेट गुमाएर १८४ रन बनायो ।

उल्भ्सका लागि स्टीफन डोहेनीले सतकीय पारि खेले । उनले १२६ बलमा आफ्नो सतक पूरा गरे । १२९ बलको सामना गरेको डोहेनीले १०७ रनको पारि खेले । उनलाई रिजन ढकालले आउट गरे ।

यस्तै, पिटर मुरले ४४ रन, मोर्गन टोप्पिङ २१ रन, फियोन ह्याण्ड २०,म्याथ्यु हम्फ्रेज १९ रनको जोड्दा क्याप्टेन निल रक १ रन बनाएर आउट भए ।

नेपालका लागि अर्जुन कुमार र रिजन ढकालले समान तीन–तीन विकेट लिदा, विकाश आग्री, रुपेश सिंह र साहब आलमले समान एक–एक विकेट लिए ।

यसअघि भएका दुई खेलमा नेपालले हार व्यहोर्दै सिरिज भने गुमाइसकेको छ ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  १ : २९ बजे