Logo

मुख्य समाचार

मार्क्सवादमा जस्तो शक्ति र उर्जा अन्य सिद्धान्तमा छैन : सापकोटा



काठमाडौं । माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्नि प्रसाद सापकोटाले मार्क्सवादमा जति शक्ति र उर्जा संसारको कुनै अन्य सिद्धान्तमा नभएको बताएका छन् ।

शनिबार काठमाडौंमा लेखक तिलक शर्मा ‘हिमाल’को संस्करण संग्रह ‘बन्द पर्खाल’ सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै सापकोटाले मार्क्सवादमा जति शत्ति, अन्य सिद्धान्तमा नभएको मार्क्सवादप्रति आफू कति जिम्मेवार छौं भन्ने कुराले अर्थ राख्ने बताए ।

उनले भने, ‘मार्क्सवादमा जति शक्ति मार्क्सवाद जति उर्जा यो दुनियाँमा अरु कुनै सिद्धान्तमा छैन । त्यही भएर सवाल कहाँनिर हो त भन्दा हामी मार्क्सवादप्रति कति जिम्मेवार छौं ।’

लेखक शर्माको संग्रहमाथि टिप्पणीमा लामो समय विताएका सापकोटाले ‘बन्द पर्खाल’मा लेखिएका शब्दहरु कलमले नभइ मुटुले लेखिएको टिप्पणी गरे ।

उनले भने, ‘संस्करण संग्रह ‘बन्द पर्खाल’मा लेखिएका शब्दहरुले कलमले होइन मुटुले लेखिएका छन् । किताबको पहिलो पृष्ठदेखि अन्तिमसम्म यस्तो पनि हुनसक्ला र भन्ने कुरा कहीं पनि लेखिएको छैन । यति इमानदारितपूर्वक, जिम्मेवारीपुर्वक किताव लेखिएको छ कि वास्तवमा भन्ने हो भने त्यसले धेरै नै छुन्छ । लेखकीयप्रति इमानदार हुनु, निष्ठावान त छँदैछ तर विचार निर्माणको सवालमा नै मुख्य कुरा हो ।’

आफूले जनयुद्धका दिनहरु सम्झिँदा मुटुबाट रगतका धाराहरु झरेजस्तै अनुभुती हुने उनको भनाइ छ ।

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  २ : ५१ बजे