Logo

समाचार

१२ सवारी चालक प्रहरी कारबाहीमा


२३ चैत्र २०८०, शुक्रबार  

69
Shares

हेटौँडा । मकवानपुरका विभिन्न स्थानबाट तोकिएको भन्दा बढी वजन (ओभरलोड) बोक्ने १२ वटा सवारी साधनका चालक प्रहरीको कारबाहीमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पूर्वपश्चिम राजमार्गका विभिन्न स्थानमा शुक्रबार दिउँसो प्रहरी चेकिङका क्रममा ओभरलोड बोक्ने ट्रक, टिपर लगायतका सवारीलाई कारबाही गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर र इलाका प्रहरी कार्यालय पशुपतिनगरको अनुगमन टोलीले हेटौँडा उपमहानगरपालिका-९ स्थित मास्टर चोकमा गरेको जाँचका क्रममा तोकिए भन्दा धेरै लोड बोकेका १२ वटा सवारीलाई कारबाही गरेको जनाएको हो ।

केही दिन अगाडि हेभीलोड बोकेको टिपरबाट ढुङ्गा झरेर सडक दुर्घटना भएपछि स्थानीयले विरोध गर्दै आइरहेका थिए।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  २ : ५२ बजे