Logo

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरी विश्वासको मत लिनु भन्दा अगाडि काँग्रेस संसादहरुसँग आन्तरिक छलफलमा



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले विश्वासको मत लिनु भन्दा अगाडि काँग्रेस संसादहरुसँग आन्तरिक छलफल गर्ने भएका छन् ।

विश्वासको मतका लागि आज दिउँसो ४ बजे प्रदेश सभाको बैठक बोलाइएको छ ।

केन्द्रीय समीकरण अनुसार विश्वासको मत पाउने टुङ्गो नभएपछि मुख्यमन्त्री चौधरीले प्रदेश सभामा विश्वासको मत लिने वा सभालाई सम्बोधन गरेर राजीनामा घोषणा गर्ने विषयमा आन्तरिक परामर्शमा गर्न थालेका हुन् ।

अहिले एक बजे कांग्रेस संसदीय दलको कार्यालय देउखुरीमा बैठक बस्दैछ । बैठकमा चौधरीले अहिलेसम्मको अवस्थाका बारेमा ब्रिफिङ गर्दै प्रदेश सभा सदस्यसँग सुझाव लिनेछन् ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहिबार  १ : १३ बजे