Logo

Breaking News 1

टी-२० कपमा गुजरातलाई ८ रनले हराउँदै नेपाल फाइनलमा



काठमाडौं । नेपालले भारतमा जारी एसएमएस फ्रेन्डसिप टी-२० कपमा गुजरातलाई ८ रनले हराउँदै फाइनलमा पुगेको छ । १८२ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ७ विकेट गुमाउँदै १७३ रन बनायो ।

यसअघि नेपालले आफ्नो पहिलो खेलमा गुजरातलाई हराएको थियो । दोस्रो खेलमा नेपालले बरोडालाई पराजित गरेको थियो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ८१ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको गुजरातले भने निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ७३ रनमात्र बनाउन सक्यो । गुजरातलाई लक्ष्यसम्म पुग्न नदिन नेपाली बलर सोमपाल कामी र कुशल मल्लले दुई/दुई विकेट लिए ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ६ : ४६ बजे