काठमाडौं । ताइवानमा आज बिहान ७ दशमलव २ म्याग्निच्युडको भूकम्प जाँदा मृत्यु हुनेको संख्या नौ पुगेको छ । भूकम्पमा परेर अन्य आठ सय भन्दा बढी मानिस घाइते भएका छन् ।
ताइवानमा आज २५ वर्षयताकै सबैभन्दा शक्तिशाली भूकम्प गएको हो । भूकम्पपछि दक्षिणी जापान र फिलिपिन्सका समुद्री क्षेत्रमा सुनामी आउने चेतावनी दिइएको छ ।
आज बिहान ७ः५८ मा गएको भूकम्पको केन्द्रविन्दु २३.८१ डिग्री उत्तर अक्षांश र १२१.७४ डिग्री पूर्वी देशान्तरमा १२ किलोमिटर गहिराइमा रहेको चीनको भूकम्प नेटवर्क केन्द्रले जनाएको छ ।
वेनलिङ्ग र रुइआन शहरका बासिन्दाहरूले खिचेका भिडियो फुटेजहरूले भूकम्पको समयमा घर वा कार्यालयमा डरलाग्दो गरी झूमर हल्लाएको दृश्यहरु खिचेका थिए ।
भूकम्प आएपछि विद्यालयका भवनहरूबाट विद्यार्थीहरूलाई व्यवस्थित रूपमा बाहिर निकालेको भिडियो पनि खिचिएको थियो ।
भूकम्पको बेला हुझाउ शहरको वक्सिङ जिल्ला र चाङ्सिङ काउन्टीमा पनि धक्का महसुश गरिएको थियो ।
ताइवानको केन्द्रीय मौसम प्रशासनका अनुसार भूकम्पको गहिराई १५.५ किलोमिटर (९.६ माइल) रहेको मापन गरिएको छ ।
प्रतिक्रिया