Logo

राजनीति

हाम्रो सहमतिबेगर सदनका एजेन्डा बनाइए कठोर हुन्छौं : नेपाली कांग्रेस



काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आफूहरुको सहमति बगेर संसदमा कुनै प्रकारका एजेन्डा नबनाउन सभामुख देवराज घिमिरेलाई आग्रह गरेको छ । अन्यथा, आफूहरु कठोर हुने चेतावनी दिएको छ ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा सुरुमै कांग्रेसले उठेर विरोध गरेको थियो । सभामुख घिमिरेले समय दिएपछि कांग्रेसका महामन्त्री समेत रहेका प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले संसदमा एजेन्डा तय हुँदा प्रमुख प्रतिपक्षी र कार्य व्यवस्था परामर्श समितिको सहमति हुनुपर्ने बताएका हुन् ।

बुधबार आफूहरुको असहमतिका बाबजुत एजेण्डा राख्न खोजिएको र सभामुखले त्यसलाई सच्याएको पनि उनले बताए ।

सहकारीको रकम अपचलनबारे आरोपित रहेको भनी कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठाउँदै आएको छ । संसदमा उठेका प्रश्नहरुको जवाफ संसदमै दिन चाहेको उपप्रधानमन्त्री लामिछाने बताउँदै आएका छन् ।

तर, कांग्रेसले लामिछानेलाई प्रतिनिधि सभाको रोष्ट्रममा सुन्न चाहेको छैन् । सहकारीको रकम हिनामिनामा लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गरिनुपर्ने कांग्रेसको माग छ ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ११ : ५४ बजे