Logo

मनोरञ्जन

‘मिस्टर इण्डिया २’ को तयारीमा बोनी



मुम्बई । सन् १९८७ मा रिलिज अनिल कपूर र श्रीदेवीको ब्लकबकस्टर फिल्म ‘मिस्टर इण्डिया’को सिक्वेल बन्ने भएको छ । फिल्मका निर्माता बोनी कपूरले ‘मिस्टर इण्डिया २’को सिक्वेल निर्माणको संकेत दिएका छन् ।

उनले एक अन्तरवार्तामा फिल्मको सिक्वेलसँगै कलाकारको बारेमा पनि कुराकानी गरेका छन् । ‘मिस्टर इण्डिया आउने पक्का हो । यो समयमा नै आउनेछ । मैले हालै फरेन स्टुडियो, वेस्टर्न स्टुडियोलाई ‘मिस्टर इण्डिया २’को प्रस्ताव गरेको छु ।

हुनसक्छ, ‘मिस्टर इण्डिया २’ बोनी कपूर, जी र वेस्टर्न स्टुडियोको सहयोगले बन्न सक्छ । अहिले सुरुवाती अवस्थामा छौं । त्यसकारण विस्तारै सबै कुरा बाहिर आउँदै जानेछन्’, उनले भनेका छन् ।

शेखर कपूरको निर्देशन र बोनी कपूरको निर्माण रहेको फिल्म ‘मिस्टर इण्डिया’मा अनिल कपूर, श्रीदेवी र सतीश कौशिक प्रमुख भूमिकामा थिए । फिल्ममा अमरीश पुरी भिलेन थिए ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ८ : २३ बजे