Logo

समाचार

विद्युतीय व्यापार विधयेक उद्देश्यबाट भड्किएको छ : सांसद पन्त



काठमाडौं । नेकपा एमालेका सांसद रघुजि पन्तले विद्युतीय व्यापार विधयेक २०८० मूल उद्देश्यबाट भड्किएको टिप्पणी गरेका छन् ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा विद्युतीय व्यापार विधयेक २०८० माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले विधेयक विद्युतीय व्यापारलाई प्रोत्साहित गर्ने भन्दा पनि त्यसलाई नियन्त्रण गर्ने दृष्टिकोणले अगाडि सारेको भन्दै उद्देश्यबाट भड्किएको बताएका हुन् ।

विद्युतीय व्यापार विधयेकलाई जस्ताको त्यस्तै पारित गरियो भने भइरहेको व्यापारलाई प्रोत्साहन गर्न नसक्ने बताए । कसरी व्यापारलाई प्रोत्साहन गर्ने र पारदर्शी ढङ्गले व्यापार अगाडि बढाउने भन्ने विषयलाई समेटेर विधेयक पारित गर्नुपर्ने उनको भनाई छ ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  २ : १८ बजे