Logo

समाचार

कनिका छरेजस्तो गरी बजेट नछरिदिनुहोला : सांसद ढकाल



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले आगामी आर्थिक वर्षको बजेट कनिका छरे जसरी नछर्न मन्त्रीहरूलाई आग्रह गरेका हुन् ।

सोमवार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद ढकालले आगामी आर्थिक वर्षको बजेट विगतको जस्तैगरी कनिका छरे जसरी नछर्न आग्रह गरेका हुन् । उनले पहुँचको आधारमा आफ्नो क्षेत्रमा बजेट लान दिनु नहुने पनि बताए ।

उनले सांसदहरूको लेटरप्याडलाई चिर्कटोको संज्ञा दिँदै चिर्कटोमा लेखेर दिएको भरमा आयोजनामा बजेट दिनु नहुने बताए । उनले बजेट विनियोजनमा विगतको निरन्तरता दोहोर्याउन नहुने बताए ।

उनले पूर्वी चितवनमा आगामी आर्थिक वर्षसम्म इलाका प्रशासन कार्यालय लानका लागि माग गरे ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  २ : ११ बजे