Logo

समाचार

निल गाईलाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरियोस् : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले निलगाईलाई कृषि हानिकारक वन्यजन्तु घोषणा गर्न माग गरेका छन् ।

सोमवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै उनले तराई, मधेसमा निलगाईले किसानहरुको बाली नष्ट गर्ने गरेको भन्दै निलगाईलाई कृषि हानिकारक वन्यजन्तु घोषणा गर्न माग गरेका हुन् ।

उनले निलगाईको व्यवस्थापनका लागि अध्ययन गर्न सरकारको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  २ : ०८ बजे