Logo

मुख्य समाचार

नेपालमा ट्रकहरुको खरिद–बिक्री हुन छाडेकोमा चिन्ता



काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले नेपालमा मालबाहक ट्रक विक्री हुन छाडेको भन्दै हजारौं नागरिकको रोजगारी धरापमा परेको बताएका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पन्तले नेपालमा २० हजार ट्रक रहेको बताउँदै पछिल्लो समय ट्रक खरिद–विक्री कम भएको बताए ।

उनले भने, ‘नेपालमा गाडीहरुमध्ये ट्रक विक्री हुन छाडेको छ । जुन मात्रामा पहिले ट्रक विक्री हुन्थ्यो अहिले त्यस्तो छैन । नेपालमा लगभग २० हजार ट्रक छन् । यसरी २० हजार ट्रकले काम पाउन छाड्दा कन्डक्टर र ड्राइभर गरि ४० हजार जनाको रोजगारी खतरामा छ ।’

सांसद पन्तले भारतबाट मापदण्डभन्दा ठूला र गह्रुंगाा ट्रकहरुको आयातले सडकको बजेट समेत बढाएको उल्लेख गरे । उनले नेपाली ट्रकहरुलाई भारतमा प्रवेश समेत नपाइने अवस्थामा भारतीय ट्रकहरु नेपालमा निर्वाद रुपमा व्यापार गर्न कति उपयुक्त हुन्छ भन्दै प्रश्न समेत गरे ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  १ : १९ बजे