Logo

राजनीति

‘प्रधानमन्त्रीले न्यायाधीश बन्न मिलेन’ : कांग्रेस



काठमाडौं । प्रधानमन्त्रीले गृह मन्त्री रवि लामिछानेको सहकारी ठगि प्रकरणमा संलग्नताबारेमा न्यायाधीश जस्तो जवाफ दिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध गरेको छ ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका सांसद सञ्जय कुमार गौतमले, गृह लामिछानेको प्रकरणको विषयमा प्रधानमन्त्री न्यायाधिस बन्न खोजेको. र सुरक्षा निकायका प्रमुखले समेत सो विषयलाई फासफुस ढङ्गले क्लीन चिट दिने प्रयास गरेको बताए ।

उनले गृह मन्त्रीले गोर्खा मिडिया नेटवर्कको नाममा ९० हजार बढि बचत कर्ताको ८० करोड भन्दा बढि रकम जम्मा गरेको भन्दै पीडितले न्याय कसरी पाउने भन्ने गम्भीर प्रश्न खडा भएको बताए । कानुनी मात्र नभई नौतिकताको आधारमा पनि गृहमन्त्रीले राजीनामा दिनुपर्ने उनको भनाई छ ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  १२ : २३ बजे