Logo

Breaking News 1

राज्य व्यवस्था समितिको बैठक बस्दै, गृहमन्त्री लामिछाने उपस्थित हुने



काठमाडौं । संघीय संसद अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बुधबार बस्दैछ ।

सिंहदरबारमा बस्ने दुवै समितिका बैठक बिहान ११ बजे सुरु हुनेछन् । सुशासन समितिको बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पनि बोलाइएको छ ।

बैठकमा गृहमन्त्रालयसँग सम्बन्धित समसामयिक विषयमा छलफल गर्ने कार्यसूची रहेको बताइएको छ । यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको कार्यक्षेत्र र कार्ययोजना लगायत विविध विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  ८ : ०७ बजे