Logo

Breaking News 1

आयरल्यान्ड ‘ए’ले नेपाललाई दियाे जितका लागि एक सय २२ रनको लक्ष्य



काठमाडौं । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी पहिलो टी- २० क्रिकेटमा सोमबार आयरल्यान्ड ‘ए’ ले नेपाललाई जितका लागि एक सय २२ रनको लक्ष्य दिएको छ । टस जिती पहिले ब्याटिङ राजेको भ्रमणकारी आयरल्यान्ड ‘ए’ ले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय २१ रन बनायो ।

नेपाल ‘ए’ ले आयरल्यान्ड वुल्भ्ससँग पाँच ट्वान्टी–२० र तीन एकदिवसीय खेलको शृंखला खेल्ने तालिका छ । जसअन्तर्गत सुरुका दुई ट्वान्टी–२० खेल रोहितकुमार पौडेलको नेपाली सिनियर टिमले खेल्दा बाँकी खेल भने विनोद भण्डारीको कप्तानीमा रहेको नेपाल ‘ए’ ले खेल्नेछ ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  २ : ५० बजे