Logo

Breaking News 1

सुनकोशी नदीमा बेपत्ता बालबालिको खोजी गर्न सशस्त्र प्रहरी बलको गोताखोर परिचालन



काठमाडाैं । सुनकोशी नदीमा बेपत्ता भएका बालबालिको खोजी सशस्त्र प्रहरी बलको गोताखोर परिचालन गरिएको छ । होली खेलेर नुहाउने क्रममा आइतबार उदयपुर त्रियुगा नगरपालिका-१४ ढाप्लाङस्थित सुनकोशी नदीमा तीनजना बालबालिका बेपत्ता भएका थिए ।

आइतबार होली खेल्दै उदयपुरको त्रियुगा नगरपालिका–१४ ढाप्लाङस्थित सुनकोसी नदीमा पौडी खेल्न पुगेका तीनजना बालबालिका बेपत्ता भएका थिए । 

आइतबार साँझ अबेरसम्म सशस्त्र प्रहरी बल नं. ५ त्रियुगा गण उदयपुरबाट खोजतलास गरे पनि उनीहरूलाई फेला पार्न नसकिएको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी निरीक्षक उमेश काफ्लेको कमान्डमा नौजना गोताखोरसहितको टोली आज बिहान परिचालन गरिएको सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । 

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  ९ : ०१ बजे