Logo

Breaking News 1

आईपीएल : हैदवादमाथि कोलकाताकाे जित



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरवादमाथि रोमाञ्चक जित निकालेको छ ।

शनिबार कोलकाताको घरेलु मैदानमा भएको खेलमा सनराइर्जस हैदराबादलाई चार रनले पराजित गर्दै  कोलकाताले विजयी सुरुवात गरेको हो ।  

केकेआरले दिएको २०९ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित ओभरमा सात विकेट गुमाउँदै २०४ रन मात्र बनाउन सक्यो । हैदराबादका लागप हेरिक क्लासनले सर्वाधिक ६३ रनको योगदान गरेपनि हार टार्न सकेनन् ।

उनले २९ बलमा ८ छक्का प्रहार गरेका थिए । त्यस्तै ओपनरद्वय मायांक अग्रवाल र अभिशेक शर्माले समान ३२–३२ रनको योगदान गरे ।

राहुल त्रिपाठी २०, एइडेन माक्रम १८, शाहबाज अहम्मेदले १६ रन बनाउँदा अब्दुल सामद १५ रन बनाउँदै पेभिलियन फर्किएका थिए ।

हैदराबादका लागि टी नटराजनले ३ तथा मंयक मारकण्डेले २ विकेट लिए । । आजै भएको पहिलो खेलमा पन्जाब किंग्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको थियो।

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार  ७ : ०५ बजे