Logo

राजनीति

कांग्रेसले निहुँ खोजेर संसद अवरुद्ध गर्‍यो : अध्यक्ष ओली



काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसले संसद अवरुद्ध पारेर अराजनीतिक काम गरिरहेको आरोप लगाएका छन् ।

अध्यक्ष ओलीले सरकारबाट हट्नुपरेका पीडामा निहुँ खोजेर संसद अवरुद्ध गरेको बताएका हुन् ।

उनले लोकतन्त्रमा राजनीतिलाई सबैको समृद्धि, खुशी र सम्मानसहितको राजनीतिक व्यवस्थाको रुपमा उपयोग गर्न पाउनुपर्ने बताए ।

अध्यक्ष ओलीले एमालेले सबै समुदायको सुरक्षा र सम्मानसहितको समृद्धि नेपालः सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई सम्बोधन गर्न चाहेको पनि बताए ।

अध्यक्ष ओलीले सबै समुदायको सुरक्षा र सम्मानलाई ध्यानमा राखेर राजनीतिक गतिविधिलाई अघि बढाउनुपर्ने आवश्यकता पनि औंल्याए ।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहिबार  ४ : २७ बजे