Logo

राजनीति

कांग्रेसले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा



काठमाडौँ । सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ । मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै कांग्रेस सांसद दीपक गिरीले लामिछानेको राजीनामा माग गरेका हुन् ।

पोखराको सूर्यदर्शन सहकारीका पीडितहरूले माघ २२ गते बचतकर्ताहरूले राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र माओवादी विद्यार्थी दीपेश पुन सहित १८ विरुद्ध उजुरी दिएको उनको भनाई छ ।

‘दीपेश पुन गिरफ्तार भए पनि रवि लामिछानेजीले अझै ठुलो पद पाउनु भएको छ,’ उनले भने, ‘पीडितहरूले गोर्खा मिडिया प्रालिलगायतलाई विपक्षी बनाएर सप्रमाण उजुरी दिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो लामिछानेविरुद्ध अनुसन्धान नै सुरु गरेको उनको भनाई छ ।’

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  १२ : ४० बजे