Logo

मुख्य समाचार

सुन तस्करी प्रकरण : माओवादीका महरालाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन



काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा जाँचबुझ आयोगबाट कारबाही सिफारिश भएका पूर्व सभामुख कृष्णबहादुर महरालाई कारबाही गर्न निर्देशन दिएका छन् ।

गृह मन्त्रालयमा आज (आइतबार) बसेको गृहसचिव, आईजिपी र सिआईबी प्रमुख सम्मिलित बैठकमा मन्त्री लामिछानेले यस्तो निर्देशन द्यिएका हुन् । सुन प्रकरणमा संलग्न रहेकाले उच्चस्तरीय छानबिन आयोगले मुद्दा चलाउन सिफारिस गरेको थियो ।

सोही अनुसार कारबाही गर्न निर्देशन दिएको गृह स्रोतले जनाएको छ । गृहमन्त्री लामिछानेले आयोगको प्रतिवेदन कडाईका साथ कार्यान्वयन गर्न सिआईबीका प्रमुख श्यामलाल ज्ञवालीलाई निर्देशनसमेत दिएका छन् । सुन तस्करी प्रकरणमा नै महराका छोरा राहुल महरा पूर्पक्षका लागि थुनामा छन् ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  ११ : ५७ बजे