Logo

मुख्य समाचार

प्रधान सेनापति र मंगोलियाका राजदूतबिच भेटवार्ता



काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि मंगोलियाका गैर आवासीय महामहिम राजदूत गानबोल्ड डम्बजावबीच शिष्टाचार भेटवार्ता भएको छ । शुक्रबार प्रधान सेनापतिको कार्यकक्ष जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको हो  ।

उक्त भेटघाटमा आपसी चासोका विषयमा छलफल भएको थियो । यस किसिमको भेटघाटले दुई देशबिच रहि आएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  ४ : २९ बजे