काठमाडौं । स्थानिय बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ८०० रुपैयाँ बढेर एक लाख २५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार छापावाल सुन एक लाख २५ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुन तोलामा एक लाख २५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीकाे मूल्य एकै दिन ५० रुपैयाँले बढेको छ । चाँदी तोलामा एक हजार ५१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया