Logo

मुख्य समाचार

राष्ट्रिय सभा सदस्यले पनि प्रधानमन्त्री बन्न पाउनुपर्छ : वामदेव गौतम


३० फाल्गुन २०८०, बुधबार  

69
Shares

काठमाडौं । राष्ट्रिय एकता अभियानका संयोजक एवं राष्ट्रिय सभाका मनोनीत सांसद वामदेव गौतमले राष्ट्रिय सभाका सदस्य पनि प्रधानमन्त्री बन्न पाउनुपर्ने बताएका छन् ।

आज बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै पूर्व उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका गौतमले संविधानले दुवै सदनका सदस्यलाई बराबर मान्ने दाबी गर्दै राष्ट्रिय सभाका सदस्यलाई दोस्रो दर्जाका रुपमा मान्न नहुने बताए ।

राष्ट्रियसभा सदस्य गौतमले राष्ट्रियसभा अध्यक्ष र प्रतिनिधिसभा सभामुखबाहेक अरु कसैलाई पनि महाअभियोग लगाउँदा राष्ट्रियसभा सदस्यहरूको संलग्नता बेगर लगाउन नपाउने व्यवस्था राख्नुपर्ने बताए ।

उनले दुवै सभाबाट उत्पत्ति हुने विधेयक अन्तिममा पारित गर्ने अधिकार प्रतिनिधिसभालाई नभई संघीय संसदको संयुक्त बैठकलाई हुनुपर्ने बताए ।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  ४ : २५ बजे