Logo

खेलकुद

पीएनजीले जित्यो त्रिदेशीय टी–२० शृखंलाको उपाधि


३० फाल्गुन २०८०, बुधबार  

92
Shares

काठमाडौं । हङकङमा सम्पन्न त्रिदेशीय टी–२० शृखंलाको उपाधि पपुवा न्युगिनि (पीएनजी) ले जितेको छ ।

बुधबार हङकङको मिसन रोड ग्राउन्ड मोङ कोकमा सम्पन्न खेलमा नेपाललाई ८६ रनले पराजित गर्दै पिएनजीले उपाधि कब्जा गरेको हो ।

पीएनजीले दिएको एक सय ७२ रनको लक्ष्य पछ्याएको नेपाल १६ ओभर ३ बलमा अलआउट हुँदै ८५ रन मात्र बनाउन सक्यो ।

नेपालका सन्दीप जोराले सबैभन्दा धेरै १७ रन बनाए । पीएनजीका कबुआ मोरे, चाद सोपर र सेसे बाउले समान २ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पीएनजीले निर्धारित ओभरमा आठ विकेट गुमाएर १ सय ७१ रन बनायो ।

पीएनजीका टोनी उराले ६१ र एली नाओले अविजित ३० रन बनाए । नेपालका आकाश चन्द र कुशल भुर्तेलले समान ३ विकेट लिए ।

हिजो भएका खेलमा नेपालले पीएनजीलाई र पीएनजीले घरेलु टोली हङकङलाई हराउँदै फाइनलमा पुगेको थियो ।

पीएनजीले हिजो दुई खेल खेलेको थियो । पहिलो खेलमा नेपालसँग हारेको पीएनजीले दोस्रो खेलमा हङकङलाई १० विकेटले हराएको थियो । यसअघि नेपाल र हङकङबीच आइतवार भएको पहिलो खेल वर्षाले स्थगित भएपछि एक÷एक अङ्क बाँडिएको थियो ।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  ३ : ५६ बजे