Logo

Breaking News 1

त्रिकोणात्मक टी–२० : उपाधिका लागि नेपाल र पिएनजी भिड्ने


२९ फाल्गुन २०८०, मंगलबार  

69
Shares

काठमाडाैं । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको उपाधिका लागि नेपाल र पपुवा न्यु गिनी (पीएनजी)बीच खेल हुने भएकाे छ ।

मंगलबार भएको लिग चरणको अन्तिम खेलमा पिएनजीले हङकङलाई १० विकेटले हराएसँगै फाइनल खेल्ने टिमको टुंगो लागेको हो ।

मंगलबार खेलिएको दोस्रो खेलमा आयोजक हङकङमाथि १० विकेटको सजिलो जित हात पार्दै पीएनजी शृंखलाको फाइनलमा पुगेको हो । 

त्यसअघि मंगलबार नै खेलिएको पहिलो खेलमा नेपालले पीएनजीलाई ८५ रनले हराएको थियो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ९८ रन बनाएको थियो । 

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  २ : ४९ बजे