Logo

राजनीति

एकीकृत समाजवादीले खोज्यो प्रधानमन्त्रीको लिखित सहमति


२८ फाल्गुन २०८०, सोमबार  

69
Shares

काठमाडौं । एकीकृत समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरूले राखेको सर्त लिखित रुपमा सहमति जनाएपछि मात्र राष्ट्रिय सभाको निर्वाचनमा मत दिने निणर्य गरेको छ ।

सोमबार पार्टी कार्यलय आलोकनगरमा बसेको पार्टीको संसदीय दलको बैठकले पार्टीको प्रस्तावमा लिखित रुपमा सहमति जनाएपछि मात्र राष्ट्रिय सभाको निर्वाचन र प्रधानमन्त्रीले लिने विश्वासको मतको बारेमा निणर्य गर्ने प्रमुख सचेतक मेटमणि चौधरीले जानकारी दिए ।

उनले भने, ‘भोलि हुने राष्ट्रिय सभाको अध्यक्षको निर्वाचनको बारेमा र पर्सि प्रधानमन्त्रीले लिने विश्वासको मतको बारेमा हामीले केही निणर्य गरेनौं । हामीले प्रधानमन्त्रीलाई केही भनेका छौं । उहाँले त्यो कुरामा लिखित रुपमा नै सहमति जनाउनुभयो भने निर्वाचनमा भोट दिन सक्छौं र विश्वासको मतमा पनि सकारात्मक हुन सक्छौं ।’

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  ५ : १५ बजे