Logo

खेलकुद

घरेलु टोली हङकङलाई व्याटिङको निम्तो


२७ फाल्गुन २०८०, आइतबार  

115
Shares

काठमाडौं । नेपालले त्रिकोणात्मक टी–२० आई सिरिजको पहिलो खेलमा हङकङविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।

आजबाट शुरु भएको नेपाल, पपुवा न्युगिनी र हङकङबीचको त्रिकोणात्मक टी–२० आई सिरिजको पहिलो खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले घरेलु टोली हङकङलाई व्याटिङको निम्तो दिएको हो ।

मोङ कोकमा हुने खेल केही बेरमा (सवा ११ बजे) शुरु हुँनेछ ।

बिहीबार हङकङ पुगेको नेपाली टोलिले शनिबार सिरिज पूर्व नै हङकङसँग  फ्रेन्डसिप कप खेलेको थियो । जसमा  नेपाल हङकङसँग ७३ रनले पराजित भएको थियो ।

नेपाल, पपुवा न्युगिनी र हङकङबीच त्रिकोणात्मक टी–२० आई सिरिजमा नेपालका दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, कुशल मल्ल र सोमपाल कामी लगायतका पहिलो रोजाईका खेलाडी सामेल छैनन् ।

नेपाली टोलीमा रोहितकुमार पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहोरा छन्।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  ११ : २१ बजे