Logo

मुख्य समाचार

‘नयाँगठबन्धनले एमालेको मिसन ८४ लाई डाइभर्ट गर्दैन’


२६ फाल्गुन २०८०, शनिबार  

46
Shares

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अहिलेको नयाँगठबन्धनले एमालेको ‘मिसन ८४’ लाई कुनै प्रभाव नपार्ने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित पार्टीको काठमाडौं महानगरपालिका ५ कमिटीको १२ औं अधिवेशन उदघाटन समारोहपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले मिसन ८४ को लक्ष्यलाई सहयोग पुर्याउने गरी एउटा स्टेपको रुपमा नयाँ गठबन्धनलाई लिएको भन्दै यसले मिसन ८४ लाई कुनै प्रभाव नपार्ने बताएका हुन् ।

उनले एमालेले निर्वाचनमा पनि गठबन्धन गरेर नै जाने कि नजाने भन्ने कुरा अहिले भन्न नसक्ने अवस्था रहेको बताए ।

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार  १२ : ४४ बजे