काठमाडौं । नेपाली सेनाले सेना दिवसको अवसरमा विशेष समारोहका बिच युद्धकला, शिवरात्रि परेड, तोप बढाइँ, कवाज र आतसबाजी प्रदर्शन गरेको छ । शुक्रबार सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले मुलुकभर विविध कार्यक्रम गरी २ सय ६१ औँ स्थापना दिवस मनाएको हो ।
समारोहमा तीन सय महिला र तीन सय पुरुषले मौलिक नेपाली संस्कृति र परम्परा झल्किने लोपोन्मुख थाली नृत्य प्रस्तुत गरेका थिए । त्यस्तै नेपाली सेनासँगै भारत, बेलायत र संयुक्त राज्य अमेरिकाका सेनाको सांगीतिक प्रस्तुति दिएका थिए ।
प्रतिक्रिया