Logo

मनोरञ्जन

‘रावायण’मा यशको पारिश्रमिक १ सय ५० करोड


२५ फाल्गुन २०८०, शुक्रबार  

46
Shares

मुम्बई । कन्नड सुपरस्टार यश ‘केजीएफ’ सिरिजको बम्पर सफलतापछि कन्नड फिल्म उद्योगको टप स्टार बनिसकेका छन् । दक्षिणदेखि उत्तरसम्म यशको लोकप्रियता बढिरहेको छ ।

अब उनी चाँडै रणवीर कपूरको फिल्म ‘रामायण’मा देखिँदैछन् । फिल्ममा उनी रावणको भूमिकामा देखिँदैछन् । हालसम्म आधिकारिक रुपमा उनको चरित्रको घोषणा नगरिए पनि उनी फिल्ममा अनुबन्धित भइसकेका छन् । यो फिल्मका लागि उनले आफ्नो पारिश्रमिक पनि बढाएका छन् । फिल्मका लागि उनले आफूले लिँदै आएको पारिश्रमिकमा अधिकतम प्रतिशत बढाएका हुन् ।

फिल्म ‘रामायण’का लागि उनले १ स्य ५० करोड पारिश्रमिक लिएका छन् । तीन भागमा निर्माण हुने फिल्मलाई उनले प्रति फिल्म ५० करोड पारिश्रमिक लिएका हुन् । यो पारिश्रमिक उनको पछिल्लो ब्लकबस्टर फिल्म ‘केजीएफ’ सिरिज भन्दा पनि बढी हो । उनले ‘केजीएफ’का लागि ३० करोड पारिश्रमिक लिएका थिए ।

उता फिल्ममा राम चरित्रमा देखिन लागेका अभिनेता रणवीर कपूरले फिल्मका लागि ७५ करोड पारिश्रमिक लिएका छन् । तर यो पारिश्रमिक तीन भागका लागि हो या एक फिल्मका लागि हो भन्ने निश्चित भइसकेको छैन । रणवीर कपूर र साईं पल्लवीको अभिनय रहने यो फिल्म करिब ५ सय करोड रुपैंयाँमा निर्माण हुँदैछ । फिल्ममा रणवीर श्रीराम र साई पल्लवी सीताको भूमिकामा देखिनेछन् । यश भने रावण बन्नेछन् ।

फिल्ममा अभिनेता सनी देओल हनुमान चरित्रमा, लारा दत्त कैकयी, रकुल प्रित सिंह शूपर्णखाँ चरित्रमा देखिनेछन् । यो फिल्मको छायांकन यसै वर्षको गर्मी महिनाबाट सुरु हुनेछ ।

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार  ८ : ५५ बजे