Logo

Breaking News 1

११४औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै


२५ फाल्गुन २०८०, शुक्रबार  

0
Shares

काठमाडौं । आज ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस । विश्वभर विविध कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष मार्च ८ मा यो दिवस मनाउने गरिन्छ ।

नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने गरिएको छ ।

यस वर्षको महिला दिवसको नारा ‘महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी’ भन्ने रहेको छ । दिवसका सन्दर्भमा नेपालमा पनि विभिन्न महिलावादी संघसंस्था र महिला अधिकारकर्मीहरूले मनाउँदैछन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार  ७ : ५२ बजे