Logo

धर्म / संस्कृति

महाशिवरात्री पर्व आज, भगवान् शिवको उपासना गरी मनाइँदै


२५ फाल्गुन २०८०, शुक्रबार  

23
Shares

काठमाडौं । आज महाशिवरात्री पर्व भगवान् शिवको उपासना गरी मनाइँदैछ । पवित्र पाशुपत क्षेत्रस्थित पशुपतिनाथ मन्दिरमा आज बिहानैदेखि भक्तजनको भीड लागेको छ । महाशिवरात्री भगवान् शिव उत्पत्ति भएका दिन र भगवान् शिवजी र माता पार्वतीको विवाह भएको दिन समेत हो ।

हिन्दू धर्ममा यस पर्वको विशेष महत्व रहेको छ । महाशिवरात्री आराध्यदेव भगवान् शिवको उपासना गरिने हिन्दूहरुको मुख्य चाड हो । देशभरका शिवालयहरुमा हर्षोल्लासका साथ भगवान शिवको पूजा आराधना गरी यो पर्व मनाइँदै छ ।

हिन्दूधर्ममा कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिहरुको विशेष महत्व रहेको छ । आजको दिन उपवास गरी शिवको पूजा आराधान गर्नाले भोग र मोक्ष दुवै प्रप्ति हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार  ६ : २० बजे