Logo

मुख्य समाचार

‘घर पुगेर लुगा फेर्नु उथलपुथल होइन’


२४ फाल्गुन २०८०, बिहिबार  

161
Shares

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सिद्धान्त र विचार नमिल्ने राजनीतिक दलहरुको निर्वाचन गठबन्धन र सत्ता गठबन्धनको परिणाम सुखद् नहुने बताएका छन् ।

आज प्रतिनिधि सभाको बैठकमा उनले नेपालको राजनीतिक अवस्था सुखद् नभएको भन्दै विश्वासघात गर्नेलाई राजनीतिक दल भन्न नमिल्ने बताएका छन् ।

उनले भने, ‘तिउन चखुवा राजनीतिक दलहरुमा एकले अर्कोलाई विश्वासघात र बेइमानी गर्नु, स्वभाविक मानिन्छ । राजनीतिक दल निश्चित दर्शन अनुसार, जनताको इमान्दार भएर सेवा गर्ने क्षेत्र हो । तर विश्वासघात गर्नेलाई राजनीतिक दल भन्न सकिदैँन । सिद्धान्त र विचार नमिल्ने राजनीतिक दलहरुको निर्वाचन गठबन्धन र सत्ता गठबन्धनको परिणाम सुखद् हुदैँन । नेपालमा अहिलेको अवस्था पनि यही नै छ । सिद्धान्तहिन गठबन्धन गर्नेहरु अवस्था एकदिन उठ्नै नसक्ने गरि पछारिने छन् ।’

यस्तै, उनले  सिद्धान्तहिन गठबन्धन गर्नेहरु घुसलाई प्रसाद र भ्रष्टाचारलाई पूजा ठान्ने भन्दै सरकारको नेतृत्व पूँजीवादीले होईन, कामदार वर्गको प्रतिनिधित्वले गर्नुपर्ने बताए ।

उनले भने, ‘सिद्धान्तहिन गठबन्धन गर्नेहरु घुसलाई प्रसाद र भ्रष्टाचारलाई पूजा ठान्छन् । काममा भ्रष्टाचार गर्छन् । बाहिरबाट घर गएर लुगा फेर्नु उथलपुथल होईन, सरकारको नेतृत्व कामदार वर्गको प्रतिनिधित्वले गर्नुपर्छ, पूँजीवादी सरकारको नेतृत्व गरेर क्रान्तिकारीहरु केन्द्रित हुने दाबी गर्नु कम्युनिष्ट आन्दोलनलाई भड्खालोमा पार्नु हो ।’

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहिबार  ४ : ०५ बजे