Logo

मुख्य समाचार

‘पेसागत क्षेत्रमा महिलालाई अझै विभेद’


२४ फाल्गुन २०८०, बिहिबार  

69
Shares

काठमाडौं । पेशागत महासंघ नेपाल राष्ट्रिय समितिको अध्यक्ष प्रेमल कुमार खनालले पेशाको क्षेत्रमा अझै पनि महिलाहरुलाई विभेद हुने बताएका छन् ।

११४औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा खनालले समानताको कुरा महिलाहरुको लागि चुनौतीपूर्ण रहेको उल्लेख गर्दै यसको आवाज उठाउनको लागि सातै प्रदेशमा यो दिवस मनाउन लागेको बताए ।

उनले भने, ‘यसको समाधानको लागि पुरुषप्रधान सत्तालाई जडैबाट परिवर्तन गर्नुपर्छ । हामी समता र समानताको कुरा गर्दा यो दुवै विषय महिलाहरुको लागि चुनौतीपूर्ण नै देखिन्छ । यसको लागि आवाज उठाउनको लागि हामीले यो कार्यक्रमको आयोजना गर्न लागेका हौं । सातै प्रदेशमा यो दिवस मनाउँदै छौ ।’

यस्तै, उनले अन्तराष्ट्रिय श्रमिक महिला दिवस संसारभर नै महिलाहरुको बीच मनाउन लागिएको पनि जानकारी दिए ।

यही ८ माचर्मा अन्तराष्ट्रिय श्रमिक महिला दिवस पेशागत महासंघ नेपाल महिला राष्ट्रिय समितिको आयोजनामा मनाउन लागिएको छ ।

यस पटकको मूल नारा भनेको ‘महिलामा लगानी ः सभ्य र समुन्नत समाजको थालनी’ भन्ने रहेको छ ।

महिलाहरुले काम गरेवापत न्यूनतम ज्याला पाउने, ज्यालामा पनि भेदभाव गर्ने लगायतका समस्या समाधानका लागि दिवस मनाउन आवश्यक रहको उनको भनाइ थियो ।

उनले भने, ‘यो दिनको एतिहासिक महत्व छ, महिलाहरु शोषणमा रहनु परेको थियो, १७, १८ घण्टा काम गर्ने न्यूनतम ज्याला पाउने, ज्यालामा पनि भेदभाव गर्ने, महिलाको राजनीतिक अधिकार पनि थिएनयही भएको हुनाले अन्तराष्ट्रिय श्रमिक महिला सम्मेलन भएको थियो ।’

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहिबार  ३ : ३३ बजे