Logo

मुख्य समाचार

रूस जाँदा ‘नो अब्जेक्सन लेटर’ अनिवार्य : प्रधानमन्त्री


२४ फाल्गुन २०८०, बिहिबार  

46
Shares

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रूसी सेनामा नेपालीको भर्ती अवैध भएको जानकारी रूसी सरकारलाई गराइसकिएको र रूस जाँदा ‘नो अब्जेक्सन लेटर’ अनिवार्य गरिएको बताएका छन् ।

बिहीबार संसदमा उठेका महत्त्वपूर्ण विषयमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले रूसी सेनामा नेपाली नागरिकलाई भर्ना नगर्न र भर्ना भएकालाई नेपाल फिर्ता गर्न कुटनीतिक दबाब बढाइएको स्पष्ट पारे  ।

प्रधानमन्त्री प्रचण्डले रूसी सेनामा भर्ना भई निधन भएका नेपाली नागरिकको शव स्वदेश फिर्ता ल्याउने, मृतकका परिवार तथा घाइतेलाई क्षतिपू्र्ति उपलब्ध गराउने र युक्रेनी सेनाले बन्धक बनाएका नागरिकलाई स्वदेश फिर्ता गर्ने सम्बन्धमा सम्बन्धित देशका अधिकारीसँग संवाद भइरहेको जानकारी गराए ।

‘पछिल्लो समयमा क्षतिपूर्ति र विमा रकम नेपाली राजदुतावासको खातामा जम्मा गरी कन्सुलर सेवा विभागमार्फत् पीडित परिवारलाई उपलब्ध गराउन रूस सरकार सहमत भएको छ ।  अध्ययन छात्रवृति तथा पेशा व्यवसायमा संलग्नबाहेकका नागरिकले रूस यात्रा गर्नुपरे ‘नो अब्जेक्सन लेटर’ अनिवार्य गरिएको छ ।’

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहिबार  १ : १२ बजे