Logo

मुख्य समाचार

‘प्रधानमन्त्री खुट्टा फेरिरहन तयार भए फेरिरहनुहोस्’


२४ फाल्गुन २०८०, बिहिबार  

69
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई काँध नफेरेर खुट्टा फेरिरहन तयार भए फेरिरहनुहोस् भन्दै व्यङग्य गरेका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा शुन्य समयमा बोल्दै उनले उपप्रधानमन्त्रीको लस्कर हेर्दा पहिलो लहर भरिएको र अझ उपप्रधानमन्त्री तलसम्म आउने अवसर मिलोस् भन्दै प्रधानमन्त्री दाहाललाई काँध नफेरेर खुट्टा फेरिरहन तयार भए फेरिरहनुहोस् भन्दै व्यङग्य गरेका हुन् ।

उनले भने,‘उपप्रधानमन्त्रीको लस्कर हेर्दा पहिलो लहर भरिएकै छ अझ उपप्रधानमन्त्री तलसम्म आउने अवसर मिलोस् । अहिले काँध फेर्ने कुरा आएको छ । काँध नफेरेर प्रधानमन्त्रीज्यू खुट्टा फेरिरहन तयार हुनुन्छ भने । फेरिरहनुहोस् यसमा पनि शुभकामना ।’

उनले प्रतिनिधिसभामा हराएको प्रधानमन्त्री भेटिएको भन्दै अब सरकारलाई जनताले पनि भेटेर  सहकारी पीडितहरुले, सरकारी ठगहरुले, मिटरब्याजी पीडितले न्याय पाउन भन्ने शुभकामना दिए ।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहिबार  १२ : ५३ बजे