Logo

मुख्य समाचार

स्वास्थ्य सचिव देवकुमारी गुरागाईलाई विदाईको तयारी


२४ फाल्गुन २०८०, बिहिबार  

69
Shares

काठमाडौं । सरकारले अवकाशमा जान लागेकी स्वास्थ्य सचिव देवकुमारी गुरागाईको विदाई गर्ने निर्णय गरेको छ ।  उनी शनिबार अवकास हुन लागेकाले त्यसअघि नै बिदाइ गर्नेगरी विहीबारको मन्त्रिपरिषद बैठकले निर्णय गरेको हो ।

२०७५ साल २६ फागुनमा सचिवमा बढुवा भएकी गुरागाईलाई सरकारले माधवप्रसाद बेलवासेसँगै एकसाथ सचिवमा बढुवा गरेको थियो ।

परिवारका सातै सदस्य सरकारी जागिरे भएकी गुरागाईले निर्वाचन आयोग, सार्वजनिक खरिद अनुगमन कार्यलयलगायतका निकायमा सचिवको भूमिकामा काम गरेकी थिइन । सचिबमा बढुवा हुनासाथ उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा काम गरेकी थिइन् ।

गुरागाई २०५१ सालदेखि प्राविधिक सहायक पदवाट निजामती सेवामा प्रवेश गरेकी हुन् । शिक्षा सेवा, शिक्षा प्रशासन, राजपत्रांकित द्वितीय श्रेणी अर्थात उपसचिव साथै ०६४ सालमा शिक्षा सेवा, शिक्षा प्रशासनको सहसचिवमा बढुवा भएकी हुन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहिबार  १२ : ४९ बजे