Logo

अर्थ

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा १ लाख २५ हजार


२४ फाल्गुन २०८०, बिहिबार  

69
Shares

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा १५ सय रुपैयाँले बढ्दै १ लाख २५ हजार रुपैयाँ कायम भएको हो ।

बुधबार १ लाख २३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियाे । यस्तै बिहीबार तेजाबी सुन पनि तोलामा १ लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।

यसैबीच बिहीबार चाँदी तोलामा १ हजार ४७० रुपैयाँमा कारोबार भएको छ । यसअघि बुधबार चाँदीको मूल्य प्रतितोला १४ सय ४० रुपैयाँ कायम थियो ।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहिबार  १० : ५६ बजे