Logo

समाचार

चन्द्रागिरीबाट लागुऔषधसहित एक युवक पक्राउ


२४ फाल्गुन २०८०, बिहिबार  

115
Shares

लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १५ ग्रामसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार काठमाडौं चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुंगामा प्रहरीले काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बसमा चेकजाँच गर्दा १५ ग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको हाे ।

बसमा सवार झापाको बिर्तामोड नगरपालिका–८ घर भएका २४ वर्षीय सागर थापालाई लागूऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार ती युवकको साथबाट १५ ग्राम खैरो हिरोइन बरामद भएको छ । यसबारे थप अनुसन्धान भइरहेको एसपी अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहिबार  ७ : ०० बजे