Logo

मुख्य समाचार

रवि गृहमन्त्री बन्ने पक्का, रास्वपाले चार मन्त्रालय लिने


२३ फाल्गुन २०८०, बुधबार  

115
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चार मन्त्रालय लिने भएको छ । बुधबार दिउँसो टुंगिएको भागबन्डाअनुसार रास्वपाले गृह, खेलकुद, शिक्षा र श्रम मन्त्रालय लिने भएको हो ।

बुधबार दिउँसो टुंगिएको भागबन्डाअनुसार पार्टीबाट रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बन्ने भएका छन् । पार्टी रविकै नेतृत्वमा सरकार जाने भएको हो ।

पार्टीका एक नेताले दिएको जानकारीअनुसार डीपी अर्याल श्रममन्त्री बन्ने भएका छन् । यस्तै, संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ खेलकुदमन्त्री र सहमहामन्त्री सुमना श्रेष्ठ शिक्षामन्त्री बन्ने पक्का भएका हुन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  २ : १० बजे