Logo

समाचार

६ वटा मन्त्रालयमा माओवादीको दाबी, गृह नछाड्न पार्टीभित्रै दबाब


२३ फाल्गुन २०८०, बुधबार  

161
Shares

काठमाडौँ । नयाँ गठबन्धनमा नेकपा माओवादी केन्द्रले ६ वटा मन्त्रालयमा दाबी गर्ने भएको छ । त्यस्तै, ६ वटा मन्त्रालयमा गृह मन्त्रालय नछाड्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि पार्टीभित्रै दबाब परेको एक नेताले बताएका हुन् ।

सुशासनको पक्षमा काम गर्न माओवादीले गृह छाड्न नहुने नेताहरूले सुझाव दिएका थिए । तथापि गृहमा रास्वपाले दाबी छोडेको छैन । यता अर्थ मन्त्रालय लिएर गृहमन्त्री छाड्न एमाले तयार भएको ती नेताले बताए ।

यस्तै सरकारको नेतृत्व गरेको दल भएकाले सञ्चार मन्त्रालय आफूले पाउनुपर्ने दाबी गरेको छ । त्यस्तै ऊर्जा मन्त्रालयमा पनि माओवादीको दाबी यथावत् रहेको छ ।

सरकारमा जाने विषयमा पुरानालाई दोहोर्‍याउन नहुने पक्षमा नेताहरूले बढी जोड दिएका छन् । केही नेताहरूबाट भने नयाँ वा पुराना भन्दा पनि कार्य क्षमताको हिसाबले सरकार पठाउनुपर्ने मत आएको सचिव दीनानाथ शर्माले बताएका छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  १२ : ५१ बजे