काठमाडौं । नेपाली बजारमा सुनको भाउ बढेर कारोबार भइरहेकाे छ भने चाँदीकाे घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज तोलामा ५०० रुपैयाँले बढेर सुनको कारोबार भइरहेकाे छ ।
आज छापावाल सुनको मूल्य तोलामा १ लाख २३ हजार ५०० रुपैयाँ कायम छ । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख २२ हजार ९०० रुपैयाँ छ ।
हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख २३ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख २२ हजार ४०० रुपैयाँ कायम छ ।
यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । योसँगै आज चाँदीको मूल्य तोलामा १४ सय ४० रुपैयाँ कायम भएको छ । हिजो चाँदीको मूल्य तोलामा १४ सय ४५ रुपैयाँ कायम थियो ।
प्रतिक्रिया