Logo

Breaking News 1

बस दुर्घटना अपडेट : ज्यान गुमाउनेको संख्या ६ पुग्याे


२३ फाल्गुन २०८०, बुधबार  

161
Shares

काठमाडौं । कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको रात्री बस बुधबार बिहान त्रिशूलीमा खस्दा ज्यान गुमाउने यात्रुको संख्या ६ पुगेको छ । 

कपिलवस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख २१२१ नम्बरको यात्रुवाहक बस त्रिशूली नदीमा खस्दा ज्यान गुमाउने यात्रुको संख्या ६ पुगेको हाे । ज्यान गुमाउनेमा पाँच जना पुरुष र एक महिला रहेका छन् ।

बस गति अनियन्त्रित भई त्रिसुली नदीमा खसेको थियो । नदीमा खसेकामध्ये ३७ जनालाई सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा बेस आदमघाटबाट डिएसपीको कमान्डमा खटिएको टोलीले जीवितै उद्धार गरी गजुरी अस्पतालतर्फ पठाएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  ८ : ५८ बजे