Logo

Breaking News 1

नेप्सेमा सत्ता फेरबदलपछि आएको हरियाली एकदिन टिकेन, ७० अंकको गिरावट


२२ फाल्गुन २०८०, मंगलबार  

46
Shares

काठमाडौं । सोमबार सर्किट ब्रेक सेयर बजार परिसूचक नेप्सेमा आज ७० अंकको गिरावट आएको छ । सोमबार एक सय १७ अंकले बढेर सर्किट ब्रेक लागेको नेप्से एकदिन पनि नटिकि मंगलबार ७०.३१ अंकले घटेर २००७.६९ बिन्दुमा कायम भएको हो ।

यसदिन बजारमा १ करोड १४ लाख ६७ हजार ५९९ कित्ता सेयर ४ अर्ब ११ करोड ३६ लाख ७६ हजार रूपैयाँमा खरिद बिक्री भए । आज बोटलर्स नेपाल बालाजु लिमिटेड नेगेटिभ सर्किटसँगै सर्वाधिक घाटामा रहेको छ ।

कारोबारका आधारमा सोनपुर मिनरल्स एण्ड आयल लिमिटेड ४१ करोड ९१ लाख रूपैयाँको कारोबारका साथ शीर्ष स्थानको सूचीमा देखियो ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ३ : ५२ बजे