Logo

खेलकुद

टी–२० क्रिकेटः उद्घाटन खेलमा कर्णाली र कोशी प्रदेश भिड्दै


२२ फाल्गुन २०८०, मंगलबार  

0
Shares

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा आजदेखि राष्ट्रिय टी–२० प्रतियोगिता सुरु हुँदैछ । बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालामा हुने आजको उद्घाटन खेलमा कर्णाली प्रदेश र कोशी प्रदेशको टिमबीच प्रतिस्पर्धा हुँदैछ । क्रिकेट संघ मोरङको आयोजनामा राष्ट्रिय टी–२० प्रतियोगिता च्याम्पियनसिप आयोजना गरिएको हो ।

प्रतियोगिता चैत ३ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । क्रिकेट संघ मोरङका अध्यक्ष मोहम्मद साद कुरैसीका अनुसार प्रतियोगितामा तीन विभागीय र ७ वटा प्रदेशका टिमले सहभागिता जनाउँदैछन् ।

बिहान १० बजे र दिउँसो २ बजे गरी दैनिक दुईवटा खेल सञ्चालन हुने संघले जनाएको छ । प्रतियोगिताको उपाधि विजेता टिमले ५ लाख रुपैयाँसहित ट्रफी तथा उपविजेता टिमले ३ लाख र ट्रफी प्राप्त गर्नेछ । ०००

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ३ : १४ बजे