Logo

खेलकुद

जारी टी–२० आई त्रिदेशीय सिरिजमा नेपालले गुमायो दास्रो विकेट


२२ फाल्गुन २०८०, मंगलबार  

69
Shares

काठमाडौं । कीर्तिपुर क्रिकेट मैदानमा जारी टी–२० आई त्रिदेशीय सिरिजको फाइनलमा नेपालले दोस्रो विकेट गुमाएको छ ।

कीर्तिपुरमा जारी टी–२० आई त्रिदेशीय सिरिजको फाइनलमा नेदरल्याण्ड्सविरुद्ध कप्तान रोहितकुमार पौडेल आउट भएका छन् । १९ बलको सामना गरेका उनलाई माइकल लेभिटले क्याप्टेनको हातबाट क्याच आउट गराए ।

क्याप्टेन पौडेल आउट हुँदा २५ रन बनाएका थिए । यसअघि २३ रन जोड्दा ओपनर कुशल भुर्तेल आउट भएका थिए । नेपालले आफ्नो पहिलो विकेटको रुपमा ओपनर कुशल भुर्तेललाई गुमाएको थियो ।

दुई छक्का सहित २० रन बनाएका भुर्तेललाई नेदरल्याण्ड्सका भ्यान डेरले चौथो ओभरको तेस्रो बलमा बोल्ड गरे । टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले ११ ओभर सकिँदा दुई विकेट गुमाएर ९४ रन बनाएर खेलिरहेको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  १२ : २८ बजे