काठमाडौं । नेपालले जारी त्रिकोणात्मक टी–२० सिरिजको फाइनलमा आज नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै छ । खेल आज बिहान ११ः ३० बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।
नेदरल्यान्ड्स ५ अंकसहित शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो । त्यस्तै दोस्रो स्थानमा रहेको नेपाल चार अंक जोड्दै फाइनलमा पुगेको हो । नामिबियाले भने तीन अंक जोडेको छ ।
सुरुवाती दुई खेलमा पराजित भएको नेपालले त्यसपछिका दुई खेलमा जित निकाल्दै फाइनल यात्रा तय गरेको हो । पहिलो खेलमा नामिबियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको नेपाल तेस्रो खेलमा नामिबियालाई ३ रन र चौथो खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गर्दै फाइनल पुगेको थियो ।
प्रतिक्रिया