Logo

राजनीति

नवनियुक्त तीन मन्त्रीले लिए शपथ


२१ फाल्गुन २०८०, सोमबार  

322
Shares

काठमाडौं । नयाँ सत्ता समीकरणसँगै नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सोमबार राष्ट्रपति कार्यालय शितलनिवासमा बिना विभागीय मन्त्रीहरू माओवादी केन्द्रका हितबहादुर तामाङ, एमालेका पदम गिरी र रास्वपाका डोलप्रसाद अर्यालले शपथ लिएका हुन् ।

गत वर्ष पुस १० गते एमाले सरकारमा सहभागी हुँदा पदम गिरी स्वास्थ्य तथा जनसंख्या मन्त्री र डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री थिए । माओवादीले कांग्रेससँग गठबन्धन गरेपछि उनीहरु सरकारबाट बाहिरिएका थिए ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  ७ : २२ बजे