काठमाडौं । सत्ता पक्ष र प्रतिपक्ष दलका सांसदहरु विकसित राजनीतिक परिस्थितिप्रति आन्तरिक छलफलमा व्यस्त भएपछि कानुन समितिको बैठक स्थगित भएको छ ।
सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगसम्बन्धी विधेयकको संशोधन प्रतिवेदनको मस्यौदालाई अन्तिमरुप दिनका लागि आज बिहान ७ : ४५ बजे समितिको बैठक बोलाइएको थियो । तर, बैठकमा सहभागी हुन चार जना मात्रै समिति सदस्य उपस्थित भए ।
नेपाली कांग्रेसका जीवन परियार, सुशिला थिङ, सुनिल शर्मा, एमालेकी प्रतिक्षा तिवारी लगायतका समिति सदस्यहरु बैठक कक्षमा पुगेपनि अन्य सहभागी नभएपछि बैठक दुई घण्टापछि स्थगित भयो ।
प्रतिक्रिया