Logo

Breaking News 1

साफ यू–१६ महिला फुटबल : नेपाल र भारतबीच खेल हुँदै


२१ फाल्गुन २०८०, सोमबार  

345
Shares

काठमाडौं । राजधानीमा जारी साफ यू–१६ महिला फुटबल प्रतियोगितामा नेपालले आज आफ्नो दोस्रो खेल खेल्दै छ । एन्फा मैदान सातदोवाटोमा दिउँसो ३ बजे हुने खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्ने छ ।

नेपाल र भुटान दुवै टिम पहिले जितको खोजिमा छन् । नेपालले आफ्नो पहिलो खेलमा बंगलादेशसँग २–० को हार व्यहोरको थियो भने भुटान भारतसँग ७–० ले स्तब्ध भएको थियो ।

प्रतियोगितामा नेपाल, भारत, भुटान र बंगलादेश गरी ४ टिमको सहभागिता रहेको छ । प्रतियोगिता अन्तर्गत समूह चरणमा एकले अर्कासँग खेलेपछि शीर्ष २ टिमले उपाधि भिडन्त गर्ने छन् ।

नेपालले समुह चरणको अन्तिम खेलमा बिहीबार भारतसँग खेल्ने छ । यस्तै, मंगलबार भारत र बंगलादेश आमने सामने हुँदा, शुक्रबार भने बंगलादेश र भुटानले प्रतिस्पर्धा गर्ने छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  ७ : ४७ बजे